राजधानीमा पहिरो, बाबु र छोरी बिते
काठमाडौंको तारकेश्वरमा आजराति गएको पहिरोमा नुवाकोटका बाबु र छोरीको ज्यान गएको छ । तारकेश्वर नगरपालिका–५,पहिरोले घर पुरेपछि उनीहरुको मृत्यु भएको बताइएको छ ।
गएराति स्थानीय चन्द्र तामाङको घर पहिरोले पुरेको हो । सोही घरमा भाडामा बस्दै आएका नुवाकोट सामरीका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्माको मृत्यु भएको छ ।
मृतक गणेशकी श्रीमती घाइते र छोरा सकुशल छन् । मृतक दुवैको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ ।
टिप्पणीहरू