अध्यक्ष दाहालले बोल्नुअघि माओवादी पदाधिकारी बैठक !
राजधानीको प्रज्ञा प्रतिष्ठानमा गत बुधबारदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदैछ । बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
हिजोसम्म एक तिहाई केन्द्रीय सदस्यले मात्रै बोल्न पाएकाले बैठक लम्ब्याउने वा नलम्ब्याउनेबारे केन्द्रीय समिति बैठकअघि बस्ने पदाधिकारी बैठकले आवश्यक निणर्य गर्ने बताइएको छ ।
हिजोसम्म दुई सय २१ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । ६ सय बढी सदस्य रहेको केन्द्रीय समितिमा उक्त संख्या एक तिहाई मात्रै हो । उनीहरुलाई पनि पाँच मीनेटको दरले बोल्न दिइएको थियो ।
अध्यक्ष दाहालले सदस्यहरुले राखेका धारणाको जवाफ दिएपछि बैठक औपचारिक समापन हुने छ ।
टिप्पणीहरू