लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ ठप्प

लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ ठप्प

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । 

काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग अवरुद्ध भएसँगै सवारी आवागमन रोकिएको छ । आज बिहान साढे ९ बजेदेखि नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सवारी साधन रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार जतिसक्दो छिटो पहिरो हटाएर यातायात सुचारु गर्ने तयारी भइरहेको छ ।

टिप्पणीहरू