कोशी बन्द : सवारी आवागमन, शैक्षिक संस्था र बजार ठप्प
कोशी प्रदेशमा आज आह्वान गरिएको बन्दले सवारी आवागमन र बजार ठप्प भएको छ । कोशीको नाम खारेजी, लिम्बुवान राज्यको माग राखेको राष्ट्रिय जनमुक्ति लगायतका दलले आज बन्द घोषणा गरेका हुन् ।
बन्दका कारण बिहानैदेखि कोशी प्रदेशका सबै जिल्लाका जनजीवन प्रभावित भएको बताइएको छ । आज त्यहाँका शैक्षिक संस्थाहरु पनि सबै बन्द छन् ।
बन्द आयोजकले २०६६ सालदेखि साउन २२ गतेका दिन कोशीमा बन्द आह्वान गर्दै आएका छन् । उनीहरुले अरुण पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी र मोरङलाई लिम्बुवान राज्य घोषणाको माग गर्दै आएका हुन् ।
बन्द आयोजकमा जनमुक्ति पार्टीका साथै संघीय लिम्बुवान पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति (लोसपा) किराँत खम्बुवान राज्य परिषद्, किरात लिम्बुवान राज्य परिषद् र लिम्बुवान राष्ट्रिय मोर्चा सहभागी छन् ।
टिप्पणीहरू