संसद खुलाउन शीर्ष नेताहरु बालुवाटारमा
प्रतिनिधिसभाको अवरोध हटाउने सम्बन्धमा आज पनि शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखसहित प्रमुख पार्टीका शीर्ष नेताहरुको छलफलमा अहिले चलिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र तीनवटै पार्टीका संसदीय दलका प्रमुख सचेतकहरु सहभागी छन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी एमालेले संसदका दुबै सदन अवरुद्ध पार्दै आएको छ । संसद सुचारू गर्नेबारे हिजो सिंहदरबार र बानेश्वरमा भएको वैठक निष्कर्षमा पुग्न नसकेपछि आज प्रधानमन्त्रीको सक्रियतामा पुन: छलफल भएको हो ।
टिप्पणीहरू