सैनिक ‘कू’ माग गर्दै जंगी अड्डा नजिकै अनसनको तयारी
वर्तमान राजनीतिक व्यवस्था र नेताहरुका कारण मुलुक अप्ठेरोमा परेको जनाउँदै एक युवकले सैनिक ‘कू’ माग गरेका छन् । आफूलाई स्वतन्त्र नेपाली नागरिक भनाउँदै आएका राकेशकुमार शर्माले सैनिक ‘कू’ माग गर्दै अनसन बस्ने घोषणा गरेका हुन् ।
पर्चा जारी गरेर अनशन बस्ने जानकारी गराएका उनले देशमा सैनिक शासन अपरिहार्य भैसकेको दाबी गरेका छन् । अनसनको मिति छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।
पर्चामा अहिलेको व्यवस्था र नेताहरुबाट मुलुकले निकास नपाउने दाबीका साथ सेनालाई अघि सर्न आग्रह गरिएको छ । आफू प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी नभएको तर नेता र सांसदहरुका कारण संकटमा परेको मुुलुकलाई बचाउन सैनिक शासन नै अपरिहार्य भएको शर्माको तर्क छ ।
‘नेताहरुबाट र वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । मुलुकको अन्तिम विकल्प भनेको नै सैनिक शासन हो । सेना आऊ देश बचाऊ,’ पर्चामा लेखिएको छ ।
टिप्पणीहरू