घरको पर्खाल भत्किंदा टहरामा सुतेकी बालिका सिकिस्त

घरको पर्खाल भत्किंदा टहरामा सुतेकी बालिका सिकिस्त
सुन्नुहोस्

काठमाडौंमा घरको पर्खाल भत्किँदा एक बालिका गम्भिर घाइते भएकी छन् । 

कागेश्वरी मनोहरा नगरपालिका-७ गोठाटार ढुङ्गेधारा अनन्दनगर बस्तीस्थित एक घरको पर्खाल भत्किएर सोही ठाउँकी १५ वर्षीया सर्मिला तामाङ घाइते भएकी हुन् ।

हिजो रातिदेखि परेको अविरल वर्षाका कारण बिहान ६ बजेतिर टहरा अगाडिको घरको पर्खाल भत्किएको थियो । टहरामा सुतिरहेकी उनलाई पर्खालले च्यापेको हो । 

करिब साढे ६ बजेतिर स्थानीयको सहयोगमा टहराबाट निकालेर उपचारार्थ सिभिल अस्पताल लगिएकोमा उनलाई थप उपचारका लागि केएमसी अस्पताल रिफर गरिएको बताइएको छ ।

टिप्पणीहरू