देउवा निवासमा क्विन्टल सुन तस्करी र संसद बैठक अवरुद्धबारे छलफल हुँदै
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास, चप्पल कारखानामा संसदीय दलको समितिको बैठक बोलाइएको छ । अपरान्ह ४ बजे बोलाइएको बैठकमा सदस्यहरु पुग्ने क्रम शुरु भएको बताइएको छ ।
कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुवै महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ छन् । संसदमा जारी गतिरोध लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । एमालेले एक क्विन्टल सुन तस्करीको छानबिन उच्चस्तरीय समितिबाट गराइनुपर्ने माग अघि सार्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
यसअघिका बैठकमा सभापतिले उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गर्नुभएको छ । तर गुरुङ आज बिरामी पर्नुभएको छ । रक्तचाप कम भएकाले आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराउनुभएको हो ।
टिप्पणीहरू