भरतपुर महानगर प्रमुखको टोली चीन घुमेर फर्कियो

भरतपुर महानगर प्रमुखको टोली चीन घुमेर फर्कियो
सुन्नुहोस्

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल चीन भ्रमणबाट स्वदेश फर्केकी छन् । उनी सिचुआन एअरको उडान नम्बर ३ यु३९०१ मा सिचुआन प्रान्तको छन्तुबाट बिहान साढे १० बजे काठमाडौं आइपुगेकी हुन् । 

दाहाल अपरान्ह ४ बजे काठमाडौंबाट बुद्ध एअरको उडानमा भरतपुर गएको बताइएको छ ।

मेयर रेनु आठ सदस्यीय टोलीको नेतृत्व गर्दै एअर चाइनाको उडानमा साउन १६ गते चीन गएकी हुन् । तिब्बतको सिगात्से शहरको भ्रमणमा निस्केको टोलीमा महानगरका सबैजसो उपल्लो तहका अधिकारी सहभागी थिए । 

टोलीमा उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, मेयरका प्रेस सल्लाहकारलगायत आठ जना थिए ।

 

टिप्पणीहरू