ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता हुन विभागको ताकेता

ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता हुन विभागको ताकेता
सुन्नुहोस्

आन्तरिक राजस्व विभागले ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य भ्याटमा दर्ता हुन ताकेता गरेको छ । 

आर्थिक ऐन, २०८० ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची–१ लाई संशोधन गरी ढुवानी भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानूनी व्यवस्था गरेको छ । जसअनुसार ढुवानी सेवा प्रदायकले सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्नुपर्छ । 

तर, ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बिजक नरहने गरेको गुनासो आइरहेको भन्दै विभागले यसप्रति आफ्नो ध्याानकर्षण भएको जनाएको छ । 

विभागले आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिई आउने टोलीले कानूनको परिपालना भएको नपाइएमा कानूनबमोजिम कारबाही गरिने भन्दै मूल्य अभिवृद्धि कर लाग्ने कारोबारको सीमा नाघेका व्यक्तिलाई समयमै मूल्य अभिवृद्धि करमा दर्ता हुन भनेको छ ।

टिप्पणीहरू