उपमहानगरपालिकाको इन्धनमा पत्रकारलाई पनि भाग

उपमहानगरपालिकाको इन्धनमा पत्रकारलाई पनि भाग

तुलसीपुर उपमहानगरपालिकाले विभिन्न पत्रकार र तिनका संघ संगठनले पछिल्ला दुई वर्षमा सवारी साधनको निम्ति एक हजार लिटरभन्दा बढी इन्धन कुपन बुझेको जानकारी दिएको छ । आर्थिक वर्ष २०८९/८० मा नौ व्यक्ति र संस्था गरी ५७६ लिटर र गत आर्थिक वर्ष २०८९/८० मा २६ जनाले ४४५ लिटर डिजेल,पेट्रोल लिएका थिए । 

उपमहानगरपालिकाले पत्रकार र पत्रकारिताका नाममा उक्त इन्धन (कुपन तेल) दिएको बताएको छ । जसमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको नामसमेत सार्वजनिक सूचीमा उल्लेख छ । 

अघिल्लो आर्थिक वर्ष पत्रकार वसन्त पौडेललाई ६० लिटर, पत्रकार मेयर संयोजकलाई ५० लिटर, माओवादीनिकट प्रेस सेन्टरलाई ५० लिटर, ओपेन्द्र बस्नेत मेयर संयोजकलाई ३० लिटर दिइएको विवरणमा उल्लेख छ । त्यस्तै प्रेस चौतारी दाङलाई १०० लिटर,अविरल राष्ट्रिय पोष्टलाई ६० लिटर, नगर प्रवक्ता/प्रेस संयोजकलाई ४६ लिटर, प्रेस चौतारी लुम्बिनी प्रदेशलाई १०० लिटर र स्वतन्त्र पत्रकार महासंघ जितसागर जिएमलाई ८० लिटर इन्धन दिइएको उपमहानगरपालिकाको साउन २५ गतेको पत्रमा उल्लेख छ ।

गत आर्थिक वर्षमा महासंघ अध्यक्ष पोखरेललाई २५ लिटर इन्धन दिइएको छ । नेपाल प्रेस युनियनका नारायण खड्कालाई १०० लिटर,राकेश बस्नेतलाई पटक पटक गरेर ३० लिटर, डिल्लीबहादुर राउतलाई ४० लिटर दिइएको छ ।

त्यस्तै यज्ञबहादुर बुढाको नाममा पटक पटक गरेर ४० लिटर,निराजन डाँगीलाई २७ लिटर र बसन्त पौडेललाई ४० लिटर इन्धन प्रदान गरिएको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू