प्रधानमन्त्रीको चीन जाने तयारी शुरु
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन र न्युयोर्क भ्रमणको तयारी एकैसाथ थालिएको छ । उहाँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने र त्यतैबाट चीन भ्रमणमा निस्कने गृहकार्य भैरहेको बुझिएको छ ।
हालसम्मको गृहकार्यअनुसार प्रधानमन्त्री भदौ ३० गते अमेरिकातर्फ प्रस्थान गर्ने, भोलिपल्ट न्युयोर्क पुग्ने कार्यक्रम छ । राष्ट्र संघको ७८ औं महासभा सेप्टेम्बर १८ देखि मुख्यालय न्यूयोर्कमा हुँदै छ ।
त्यहाँबाट असोज ४ गते अर्थात् सेप्टेम्बर २१ का दिन चीन जानुहुने कार्यक्रम छ । घटीमा चार दिन र बढीमा पाँच दिनको चीन भ्रमणको क्रममा उहाँ १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कूटनीतिक स्रोतले बताएको छ ।
दक्षिण चीनको चच्याङ प्रान्तको हाङ्चौमा सेप्टेम्बर २३ देखि एसियाली खेलकुद हुँदैछ । गत वर्ष हुनुपर्ने खेलकुद कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको थियो ।
टिप्पणीहरू