बालुवामा चट्टान खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध
अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
सो सडकखण्डको बेँसीसहर नगरपालिका–६ को खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएकाले बाटो अवरुद्ध भएको हो ।
त्यस्तै, मस्र्याङदी गाउँपालिका–६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठूला चट्टान खसेको छ । अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहे पनि निरन्तरको वर्षाले पहिरो पन्छाउन कठिनाई भएको बताइएको छ ।
टिप्पणीहरू