क्विन्टल भनिएको तस्करीको सुन ६० किलो मात्रै !
त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको एक क्विन्टल भनिएको तस्करीको सुनको तौल ६० किलो ७८९ ग्राम कायम भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज तौल गर्दा यसअघि आकलन गरिएको भन्दा कम परिमाणमा सुन पाइएको बताइएको छ । यद्यपि उक्त सुनको गुणस्तर परीक्षण गर्न भने बाँकी नै छ । भोलि सुन गालेर गुणस्तर परीक्षण गर्ने टक्सार महाशाखाको तयारी छ ।
प्रहरीको सीआईबी, राजश्व अनुसन्धान विभाग, टक्सार महाशाखाका प्रतिनिधिको रोहबरमा आज मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्रको सुन जोखिएको हो । हङकङबाट ब्रेक सुभित्र लुकाएर कार्गोमा ल्याइएको सुन राजश्वको टोलीले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो ।
यसअघि ब्रेक सुसहितको तौल १५५ किलो रहेको र सुन एक क्विन्टल पुग्ने अनुमान गरिएको थियो ।
टिप्पणीहरू