तस्करीको सुनमा आगो लगाइयो

तस्करीको सुनमा आगो लगाइयो
सुन्नुहोस्

साउन पहिलो साता नियन्त्रणमा लिइएको तस्करीको सुन गाल्न थालिएको छ ।

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा क्विन्टल भनिएको सुन गाल्ने प्रक्रिया शुरु भएको छ । हिजो उक्त सुनको तौल ६० किलो ७८९ ग्राम भएको जानकारी दिइएको थियो ।

आज सरोकारवाला निकाय र सुरक्षा निकायका झण्डै आधा दर्जन प्रतिनिधिको रोहबरमा सुन गाल्ने काम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए । आज गालेपछि सुनको तौल र गुणस्तर ठ्याक्कै थाहा हुने उनको भनाई छ ।


 

टिप्पणीहरू