एउटै जिल्लाबाट ३२ जना भारतीय, एक जना अमेरिकी बने

एउटै जिल्लाबाट ३२ जना भारतीय, एक जना अमेरिकी बने

कपिलवस्तुमा पछिल्लो डेढ दशकमा ३३ जना नेपालीले विदेशी नागरिकता लिएका छन् ।  जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले ३३ जनाले नेपाली नागरिकता परित्याग गरेको जनाएको छ ।

तीमध्ये अधिकांशले भारतीय नागरिकता लिएका छन् । उताको नागरिकता लिएपछि नेपाली नागरिकता त्यागेको सूचना ३२ जनाले दिएको बताइन्छ । 

यसबीचमा एक जना नेपालीले अमेरिकी नागरिक प्राप्त गरेपछि यताको नागरिकता त्यागेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि जिल्ला प्रशासन कार्यालयमा ३२ जनाले भारतीय र एक जनाले अमेरिकी नागरिकता लिएका हुन् ।

टिप्पणीहरू