सुदूर पश्चिम प्रदेशमा सार्वजनिक बिदा

सुदूर पश्चिम प्रदेशमा सार्वजनिक बिदा

ओल्के पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । भदौ १ गतेलाई ओल्के संक्रान्तिको रुपमा मनाइने भएकाले उक्त बिदा दिइएको बताइएको छ ।

साउने झरी र बर्खा सकिएको अवसरमा प्रदेशका मुख्यगरी पहाडी जिल्लामा यो पर्व मनाउने गरिएको छ । आजदेखि सुदूरपश्चिममा गौरा, तीजको रमझमको थालनी हुने बताइएको छ । 

ओल्को भन्नाले सुदूपश्चिमको स्थानीय भाषामा सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’ हो । सम्मानस्वरुप आज गाभा, फलफूल दिइन्छ र मीठो–मसिनो खाइन्छ ।

टिप्पणीहरू