त्रिविको दीक्षान्त समारोहका लागि आवेदन आह्वान

त्रिविको दीक्षान्त समारोहका लागि आवेदन आह्वान

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औं दीक्षान्त समारोह २०८० का लागि आवेदन आह्वान गरेको छ । 

आज सार्वजनिक सूचना निकालेर कार्यालयले २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतेसम्म उत्तीर्ण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीसँग मागेको हो । 

सूचनामा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिष्ट लिएका विद्यार्थी र सोही अवधिभित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरुले अनलाइनमार्फत आवेदन दिन सक्ने उल्लेख छ । 

दीक्षान्त समारोहसम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने जानकारी गराइएको छ ।

टिप्पणीहरू