अर्थमन्त्रीसँग क्यानडा गएको टोलीमा को को छन् ?

अर्थमन्त्रीसँग क्यानडा गएको टोलीमा को को छन् ?

अर्थमन्त्री डा. प्रकाशशरण महत गएराति क्यानडा जानुभएको छ । उहाँ पाँच जनाको टोलीको नेतृत्व गर्दै काठमाडौंबाट नयाँ दिल्ली हुँदै त्यसतर्फ जानुभएको बताइएको छ ।

मन्त्री महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को सातौं सभामा भाग लिन इण्डियन एअरलाइन्सको उडान नम्बर एआई २१२ मा काठमाडौंबाट राति साढे ९ बजे प्रस्थान गर्नुभएको हो ।

टोलीमा अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे छन् ।

टोलीको भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू