महानगरद्वारा दुई सहकारी संस्था खारेज

महानगरद्वारा दुई सहकारी संस्था खारेज

काठमाडौं महानगरपालिकाले दुई वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । 

वडा नम्बर ५ मा रहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र वडा नम्बर ७ मा रहेको सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दर्ता खारेज गरिएको जनाइएको छ । 

महानगरको सहकारी विभागले गत साउन १६ गतेको निर्णयानुसार ती सहकारी संस्थाहरु खारेज गरिएका जानकारी दिएको छ । काठमाडौं महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम ती सहकारी संस्था खारेज गरिएको हो ।
 

टिप्पणीहरू