सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानको सहयोग

सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानको सहयोग
सुन्नुहोस्

जापान सरकारले काठमाडौंको शङ्खरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई एक करोड मूल्य बराबराको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले ती स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् । 

उनले जलन पीडितका लागि ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्सका लागि अनुदान सहायताअन्तर्गत छाला ग्राफ्ट सर्जरीको निम्ति दुई भेन्टिलेटर र एक अटोलोगस स्किन ग्राफ्ट एक्सपेन्डर प्रदान गरेको बताइएको छ ।

ती उपकरणलाई हाल अस्पतालको आईसीयू र अपरेटिङ रुममा राखिएको छ । राजदूत किकुताले ती स्वास्थ्य उपकरणले आगो, तातो पानी, तातो तेलले पोलेका बिरामीहरुलाई ठूलो मद्त पुग्ने जानकारी दिएका छन् । 

सन् १९९७ मा स्व.सुष्मा कोइरालाको सम्झनामा स्थापना भएको सुष्मा कोइराला मेमोरियल अस्पताल शङ्खरापुर नगरपालिकाको एक मात्र सामान्य अस्पताल हो । 

अस्पतालमा लामो समयदेखि जलन पीडितको उपचार हुँदै आएको छ । वार्षिक २५० भन्दा बढी त्यस्ता बिरामीले उपचार सेवा लिने गरेको अस्पतालले जनाएको छ ।
 

टिप्पणीहरू