विद्युत सर्ट भई आगो लाग्दा कस्मेटिक पसल खरानी

विद्युत सर्ट भई आगो लाग्दा कस्मेटिक पसल खरानी

कैलालीको एक कस्मेटिक पसलमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमालको जलेर खरानी भएको छ । 

धनगढी उपमहानगरपालिका-५ पिपल चौतरा बस्ने ३९ वर्षीया तृप्ती जोशीको 'तृप्ती कस्मेटिक'मा आगलागी हुँदा पसलमा रहेको सामाग्री जलेर नष्ट भएको हो । गएराति विद्युत सर्ट भई आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ । 

आगलागी स्थानीय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जानकारी गराउँदैप्रहरीले यस सम्बन्धमा थप अनसुन्धान भइरहेको बताएको छ ।

टिप्पणीहरू