तरुण माविका शिक्षकलाई महानगरको पूर्जी, सेवाबाट हटाइने चेतावनी

काठमाडौं महानगरपालिकाले बालाजुको तरुण माध्यमिक विद्यालयमा कार्यरत अंग्रेजी विषयका स्थायी शिक्षक ज्योती पाण्डेयलाई सात दिने स्पष्टिकरण सोधेको छ । गत जेठ ८ गतेदेखि बिनाजानकारी अनुपस्थित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् उनीसँग स्पष्टिकरण मागेको छ ।
यसअघि पटक पटक सम्पर्कमा आउन पत्राचार गर्दा समेत अटेरी गरेको उल्लेख गर्दै महानगरपालिकाले आगामी सात दिनभित्र स्वयम् उपस्थित भई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।
अन्यथा, शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ को खण्ड (ख) र (ग) बमोजिम सेवाबाट हटाइने महानगरको चेतावनी छ ।
टिप्पणीहरू