एमसीसीको विरोधमा विप्लवको भित्तेलेखन, १६ गते माओवादीको नेपाल बन्द

एमसीसीको विरोधमा विप्लवको भित्तेलेखन, १६ गते माओवादीको नेपाल बन्द
सुन्नुहोस्

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा भित्तेलेखन थालेको छ । साम्राज्यवादको संज्ञा दिँदै विप्लव नेतृत्वको नेकपाले राजधानीमा व्यापक भित्तेलेखन गरेको छ ।

एमसीसी विरुद्धको सँघर्ष कार्यक्रमअनुसार कलंकी क्षेत्रमा भित्ते लेखन गरिएको हो । अखिल नेपाल क्रान्तिकारी यातयात मजदुर संघका केन्द्रीय अध्यक्ष लालबहादुर तामाङको नेतृत्वमा भित्ते लेखन कार्यक्रम सम्पन्न गरिएको पार्टीले जनाएको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले एमसीसीको विरोधमा भदौ १६ गते नेपाल बन्दको कार्यक्रम राखेको छ । आगामी आइतबार संसदीय दलका प्रमुखको पुत्ला जलाउने, ११ गते विरोध प्रदर्शन गर्ने, १२ गते एमसीसीको सम्झौता जलाउने, १३ गते राजमार्गमा एक घण्टा अवरोध पुर्याउने, १५ गते मसाल जुलुस निकालेर १६ गते नेपाल बन्दको कार्यक्रम राखिएको छ ।

टिप्पणीहरू