कोशी सरकारविरुद्धको रिट ईश्वर श्रीमानले हेर्ने
कोशी प्रदेश सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।
नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो दायर गरेको रिटउपर आज सुनुवाइ हुन लागेको हो ।
गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वास मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएकाले उक्त कदम असंवैधानिक रहेकाले बदर गर्न रिटमा माग गरिएको छ ।
सभामुखको भूमिकामा रहेका अध्यक्षमण्डलका सदस्य तथा कांग्रेस सांसद मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि संसद्मै विरोध गरेको एमाले अदालत गएको हो ।
टिप्पणीहरू