विप्लव कार्यकर्ताले बनेपामा पनि एमसीसीको पुत्ला जलाए

विप्लव कार्यकर्ताले बनेपामा पनि एमसीसीको पुत्ला जलाए

विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसिसीको पुत्ला दहन गरेको छ । आज ललितपुरको महापाल चोकमा आयोजित विरोध कार्यक्रममा झैँ बनेपामा पनि पुत्ला जलाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला इञ्चार्ज सबिता मोक्तानको नेतृत्वमा जिल्ला तहका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पुत्ला दहन कार्यक्रम सम्पन्न भएको जनाइएको छ । उनीहरुले पूर्व निर्धारित कार्यक्रमअनुसार गोदामचोकमा एमसीसीको पुत्ला जलाइएको बताएका छन् ।

सो क्रममा उनीहरुले गो ब्याक एमसिसी, गो ब्याक अमेरिका, नो एमसिसी, राष्ट्रघाती एमसिसी खारेज गरलगायत नारासमेत लगाएका थिए । पुत्ला जलाएपछि पुगेको टोलीले उनीहरुलाई लखेटेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू