सहकारीको अनियमितता रोक्ने आरजू राणाको प्रतिबद्धता

सहकारीको अनियमितता रोक्ने आरजू राणाको प्रतिबद्धता
सुन्नुहोस्

नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सहकारी संस्थामा भइरहेको अनियमितता रोक्ने र समस्या सम्बोधन गर्ने बताएकी छन् । उनले संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा मनोनयन दर्तापछि उक्त धारणा राखेकी हुन् ।

उनले भनेकी छन्, ‘सहकारी उद्देश्यविपरीत हिँडेको छ । त्यसैले समितिको सभापतिमा मनोनयन दर्ता गराएको हुँ ।’ सहकारीमा देखिएको समस्या समाधान गर्ने र अनियमितता रोक्ने उनको भनाई  छ ।

कृषिसँग सानैदेखि आफू परिचित रहेको पनि आरजूले बताइन् । कृषि प्रधान मुलुकका जनताको जनजीवनसँग जोडिएका समस्या समाधानमा आफू लागिपर्ने राणाको प्रतिबद्धता छ ।

टिप्पणीहरू