पूर्वकप्तान पारस खड्का क्यानको प्रदेश अध्यक्षमा निर्वाचित
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को बाग्मती प्रदेश अध्यक्षमा फराकिलो मतले निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई पछि पार्दै पारसले अध्यक्ष जितेका हुन् । खसेको कूल ३७ मतमध्ये उनले २३ भोट पाएका छन् । प्रतिस्पर्धी पियाले १४ भोट प्राप्त गरेको बताइएको छ ।
१३ सदस्यीय प्रदेश कार्यसमितिमा अधिकांश पारस प्यानलका उम्मेदवार विजयी भएका छन् ।
टिप्पणीहरू