कान्ति अस्पताल बालिकाको मृत्यु प्रकरणबारे छानबिन गर्न तयार

कान्ति अस्पताल बालिकाको मृत्यु प्रकरणबारे छानबिन गर्न तयार

कान्ति बाल अस्पतालले बालिका मृत्यु प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन डा.प्रकाश जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताइएको छ । 

समितिमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाललाई राखिएको छ । अस्पतालका निर्देशक डा.पंकज रायका अनुसार आगामी पाँच दिनभित्र घटनाबारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न भनिएको छ ।

मकवानपुरको थाहा नगरपालिका–१० घर भई हाल काठमाडौंको बाफल बस्दै आएकी ५ वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि गत सोमबार साँझ ५ बजे अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएको थियो । 

इमर्जेन्सीमा बिरामीको भीड थियो । रेजिशाको अवस्था जटिल बन्दै गएपछि उनका परिवारले तत्काल उपचारको व्यवस्था गरिदिन पटक पटक आग्रह गरे । तर, दुई घण्टा कुर्दासमेत उपचार नपाएपछि बालिकाको मृत्यु भएको बताइएको छ ।

टिप्पणीहरू