भिआइपी ओइरिएसङ्गै नयाँ दिल्लीका पाँच तारे होटलमा खाद्य सुुरक्षा अधिकृतहरु तैनाथ
भारतको राजधानी नयाँ दिल्लीमा भोलिदेखि जी २० सम्मेलन हुँदैछ । ठूला अर्थतन्त्र भएका २० वटा मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता हुने सम्मेलन पर्सिसम्म चल्नेछ ।
अमेरिकी राष्ट्रपति, बेलायती प्रधानमन्त्री, जापानी प्रधानमन्त्री, कोरियाली राष्ट्रपतिलगायत विशिष्ट पाहुनाहरु आजबाट नयाँ दिल्ली पुग्ने क्रम शुरु भएको छ । रुस र चीनका राष्ट्रपति भने नयाँ दिल्ली जानेमा छैनन् ।
अन्य सुरक्षाझैँ पाहुनाहरुको खाना स्वच्छ र सुरक्षित हुनुपर्ने भन्दै नयाँ दिल्ली सरकारले राजधानी नयाँ दिल्लीका १९ वटा पाँचतारे होटलमा १८ जना खाद्य सुरक्षा अधिकृत खटाएको छ । नयाँ दिल्ली सरकारको खाद्य सुरक्षा विभागका अनुसार ती अधिकृतले विशिष्ट पाहुनालाई पकाइने खानाको कच्चा सामग्रीको नमूना परीक्षणदेखि तयार भएको खानाको समेत गुणस्तर जाँच्ने छन् ।
टिप्पणीहरू