महिला विश्वकपमा गएका डेढ दर्जन नेपाली पत्रकारको खोजी जारी

महिला विश्वकपमा गएका डेढ दर्जन नेपाली पत्रकारको खोजी जारी
सुन्नुहोस्

गत महिना अष्ट्रेलिया र न्युजिल्याण्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको समाचार संकलनमा गएका नेपाली पत्रकारहरुको बारेमा सोधखोज थालिएको छ । २० जुलाईदेखि २० अगष्टसम्म भएको उक्त प्रतियोगितामा नेपालबाट झण्डै दुई दर्जन पत्रकार भाग लिन गएको बताइन्छ । 

तीमध्ये १५ जना हालसम्म पनि स्वदेश नफर्केपछि सोधखोज थालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त विवरणअनुसार अनलाइन खबरका कुशल तिमल्सिना,हिमाल पोष्टका प्रविणविक्रम कटुवाल र ग्यालेक्सी फोरकेका जितु साउद हालसम्म फर्केका छैनन् । तीमध्ये साउद बक्सिङ प्रतियोगिता हेर्न भन्दै त्यसअघि नै गएका थिए ।

महिला विश्वकपमा पुगेर नेपाल फर्केको औपचारिक जानकारी नदिएका पत्रकारको सूचीमा नागरिकका सञ्जय थापा, बाह्रखरीका सुजन श्रेष्ठ,राइजिङ नेपालका अन्जन खड्का, कान्तिपुरका रेवन दाहाल, शिलापत्रका
सरोज तामाङ हुन् । त्यसैगरी ग्यालेक्सी फोर केका शिवराज योगी,न्युज एजेन्सीका सुमन चापागाईं,राजधानी दैनिकका दिल तामाङ लोप्चन,खेलपाटीका निशान सुच्चा,कान्तिपुर टेलिभिजनका किशन भण्डारी,अन्नपूर्ण पोष्टका उमेश दाहाल र नेपाल प्रेसका मनिला काफ्ले पनि नेपाल नफर्केको सूचीमा उल्लेख छ ।

टिप्पणीहरू