स्कुल हापेर शिक्षकहरु गाउँपालिकाको दैलोमा
नुवाकोटको तारकेश्वर गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।
नियम मिचेर आफूहरुको सरुवा गरिएको भन्दै त्यहाँका शिक्षकहरु गाउँपालिकाविरुद्ध आज बिहानदेखि धर्नामा बसेका हुन् । पालिकाले गरेको सरुवा बदर गर्नुपर्ने उनीहरुको माग छ ।
अन्यायपूर्ण तवरले गरिएको सरुवा बदर नगरिए अर्को चरणमा थप संघर्षका कार्यक्रमहरु अघि बढाइने शिक्षकहरुले चेतावनीसमेत दिएका छन् । गत भद्रौ १८ गते गाउँपालिकाले ८६ जना शिक्षकको काज सरुवा गरेको सूचना प्रकाशित गरेको थियो ।
सो सरुवा प्रक्रिया गैरकानूनी रहनुका साथै पालिका अध्यक्षले व्यक्तिगत प्रतिशोध साँधेको उनीहरुको आरोप छ ।
टिप्पणीहरू