वर्तमान गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री

वर्तमान गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच वर्षसम्म वर्तमान सत्ता गठबन्धनले निरन्तरता पाउने बताउनुभएको छ । समाजवादी मोर्चाको सन्देश सभामा विराटनगर पुग्ने क्रममा उहाँले विराटनगर विमानस्थलमा उक्त धारणा राख्नुभएको हो ।

सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री दाहाल मध्यान्ह पौने १ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यता जानुभएको हो । उहाँसँगै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत प्रधानमन्त्रीको  सचिवालयका एक दर्जन पनि विराटनगर गएका छन् । 

प्रधानमन्त्रीको टोलीमा निजी सचिव तथा पुत्री गंगा दाहाल, नवराज दाहाल, नारायणप्रसाद ढुंगाना, मनहरि तिमल्सेना, निरज भण्डारी, कुमार श्रेष्ठ, सिद्धराज न्यौपाने, प्रदीपराज वन्त, हर्क भण्डारी, राजेन्द्र शाही र विजय कार्की रहेको बताइएको छ ।

टिप्पणीहरू