अनेरास्ववियु सचिवालय बैठकमा गइरहेका दुई जनाको दुर्घटनामा निधन

अनेरास्ववियु सचिवालय बैठकमा गइरहेका दुई जनाको दुर्घटनामा निधन
सुन्नुहोस्

सिन्धुपाल्चोकको बलेफीमा भएको सवारी साधन दुर्घटनामा दुई जनाको ज्यान गएको छ । साँगाचोकगढी नगरपालिका ९, घुमाउने डाँडामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको निधन भएको बताइएको छ । 

प्रहरीका अनुसार खाडिचौरबाट बन्देउतर्फ जाँदै गरेको ना.८ ख ३७६ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले विपरित दिशाबाट आइरहेको बा.प्र.०२–०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका १, बासखर्कका २७ वर्षे समिर तामाङ र मोटरसाइकल पछाडि बस्ेका मेलम्ची नगरपालिका ११, जरायोटार, पाण्डे गाउँका २७ वर्षे नवीन पाण्डे गम्भीर घाइते भएका हुन् ।

उनीहरुलाई उपचारको निम्ति तत्काल धुलिखेल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । मोटरसाइकललाई ठक्कर दिएको ट्याङ्कर चालक मकवानपुरका २८ वर्षे भीमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मृतकमध्ये पाण्डे एमाले अनेरास्ववियु जिल्ला कमिटीका सह संयोजक र समिर सचिवालय सदस्य हुन् । उनीहरु बाह्रबिसेमा आयोजित सचिवालय बैठकमा जाने क्रममा दुर्घटनामा परेको बलेफीस्थित प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू