दमकमा नदीजन्य पदार्थको उत्खनन् गर्न रोक

दमकमा नदीजन्य पदार्थको उत्खनन् गर्न रोक

झापाको दमक नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्रीवितरण कार्यमा रोक लगाएको छ । 

नगरपालिकाले सूचना प्रकाशित गर्दै आजदेखि नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ढुवानी कार्य पूर्ण रुपमा बन्द गरिएको जानकारी दिएको हो । पालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाले नगरभित्रका रतुवा र मावा खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गर्ने सम्बन्धमा अन्तर पालिकाहरुबीच छलफल भएको बताए । 

उनका अनुसार यस विषयमा आवश्यक निर्णय हुन बाँकी रहेको छ । त्यसैले, निर्णय नभएसम्म नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ढुवानी कार्य पूर्ण रुपमा बन्द गरिएको उनले जनाएका छन् । 

निरौलाले कोही कसैले यस्तो कार्य गरेको पाइएमा कोशी प्रदेशको आर्थिक ऐन, २०८० बमोजिम कारबाही गरिने चेतावनी समेत दिएका छन् ।

टिप्पणीहरू