नागदहमा चरिरहेका आसकोटे बकुल्ला (फोटो फिचर)

नागदहमा चरिरहेका आसकोटे बकुल्ला (फोटो फिचर) फोटो : नेपाल फोटो लाइब्रेरी
सुन्नुहोस्

आसकोटे बकुल्ला नेपालमा पाइने बकुल्ला प्रजातिको सानो चरा हो । आकर्षक देखिने चराको प्वाँख सेतो र माटो रङ्गको हुन्छ । 

यसको ढाडको पछाडिपट्टी खैरो धर्सा हुन्छ भने चुच्चो पहेँलो रङ्गको हुन्छ । दक्षिणी इरान, पूर्वी भारत, नेपाल, बर्मा, बंगलादेश र श्रीलंकामा पाइने यो चरा पोखरी छेउछाउ बसोबास गर्छन् । 

आसकोटे बकुल्लाको प्रमुख खाने ठाउँ सिमसार दलदल हो । यसले पानीमा बस्ने किरा, माछा, चेपाकाँडा र जुका खाने गर्दछ ।  

गर्मीयाममा जलनजिकै प्रजनन र चर्ने चरा मुलुकको पूर्वीदेखि पश्चिमसम्म फैलिएका छन् ।   ललितपुरको नागदहमा आसकोटे बकुल्ला देख्न सकिन्छ । नागदहमा यी चरा चरिरहेका हुन्छन् ।

टिप्पणीहरू