गाडी पूजा गर्नेहरुको भद्रकालीमा भीड (फोटो फिचर)

गाडी पूजा गर्नेहरुको भद्रकालीमा भीड (फोटो फिचर) फोटो : नेपाल फोटो लाइब्रेरी
सुन्नुहोस्

आज विश्वकर्मा पूजा । प्रविधि र मेसिनरीहरुको पूजा गरी भगवान विश्वकर्मालाई सम्झिने दिन । विश्वकै पहिलो वास्तुकार मानिने विश्वकर्माको पूजा आज धुमधामका साथ मनाइँदैछ । 

विश्वकर्माले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको धार्मिक विश्वास छ । कलाकार, शिल्पकार, औद्योगिक घराना, व्यापारी, मजदुरलगायत सबैले विश्वकर्मा पूजा गर्दछन् । 

कलकारखानामा विश्वकर्माको वालुवाको मूर्ति, तस्बिरमा विधिपूर्वक पूजाआजा गरी यो पर्व मनाउने गरिएको छ । आफ्ना मेसिन, हात हतियार तथा सवारीसाधनमाको पूजा गर्दा विश्वकर्मा भगवान प्रसन्न हुने र उनको कृपाले तीनिहरु चाँडै बिग्रदैनन् भन्ने जनविश्वास रहिआएको छ ।

काठमाडौंको भद्रकाली मन्दिरमा आज बिहानैदेखि आफ्नो सवारी साधन पूजा गर्नेहरुको बाक्लो भीड लागेको छ ।

टिप्पणीहरू