शिक्षकहरुलाई सडक उत्रन महासंघको आह्वान

शिक्षकहरुलाई सडक उत्रन महासंघको आह्वान
सुन्नुहोस्

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रति असन्तृष्टि जनाउँदै आन्दोलन आह्वान गरेको छ । 

महासंघ र सरकारबीच पटक-पटक भएका सहमति विपरित सरकारले विधेयक ल्याएको विरोधमा महासंघले शिक्षकहरुलाई आन्दोलनमा बोलाएको हो । 

‘नेपाली शिक्षकहरुको न्यायिक माग र मुद्दाहरु सम्बोधन गर्न, सामुदायिक विद्यालय शिक्षाप्रति राज्यलाई जिम्मेवार बनाउन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले लामो आन्दोलन, वार्ता संवाद, छलफल र सहमतिपश्चात् पनि मागहरु सम्बोधन हुन नसकेपछि बाध्य भई राजधानी केन्द्रित सडक आन्दोलन तथा शिक्षक प्रदर्शनलगायत घोषणा गरेकोले आन्दोलनको कार्यक्रममा सहभागी भई सफल बनाउन आदरणीय शिक्षक साथीहरुलाई अनुरोध गरिन्छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले आन्दोलनको कार्यक्रमअन्तर्गत असोज ३ गतेबाट मुलुकभरका सबै विद्यालय बन्द गरी शिक्षक तथा विद्यालय कर्मचारीहरुले काठमाडौंमा बृह्त प्रदर्शन तथा सडक आन्दोलन गर्ने जनाएको छ । 

त्यस्तै, शिक्षा दिवसलगायत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वा मन्त्रालयमा आयोजना हुने सबै कार्यक्रमहरु पनि बहिष्कार गर्ने विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू