सामूहिक बलात्कारमा संलग्न तीन जना पक्राउ, एक फरार

सामूहिक बलात्कारमा संलग्न तीन जना पक्राउ, एक फरार

डडेल्धुरामा २० वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको छ । सामूहिक करणी अभियोग लागेका चार जनामध्ये प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् ।

पक्राउ परेकामा भागेश्वर गाउँपालिका–३, ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक हुन् । 

उनीहरुमध्ये दुई जनाले ती युवतीलाई गत वैशाख–५ गते दिउँसो स्थानीय नानिगाड खोलामा करणी गरेका थिए  । बाँकी दुई जनाले गत वैशाख १२ गते साँझ गोठमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ । 

करणीमा संलग्न एक जना १८ वर्षे किशोर फरार छन् ।

टिप्पणीहरू