भव्यताका साथ हाङ्चौ एसियाडको उद्घाटन समारोह प्रारम्भ

चीनको हाङ्चौ शहरमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोह भव्यताका साथ शुरु भएको छ ।

समारोहमा उच्च प्रविधिको उच्चतम प्रयोग गरिएको छ । चीनका राष्ट्रपति सि जिनपिङको उपस्थितिलगत्तै चीनको राष्ट्रिय झण्डा फहराइयो । चीनको राष्ट्रिय गानपछि अहिले सहभागी मुलुकहरुको मार्च पास भइरहेको छ । 

उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको पनि उपस्थिति छ । उद्घाटन समारोह नेपाली समयानुसार राति ८ बजेसम्म हुनेछ ।

टिप्पणीहरू