आरजू राणा र प्रधान सेनापति सङ्गै दिल्ली प्रस्थान
प्रधान सेनापति प्रभुराम शर्मा इण्डो प्यासिफिक आर्मीज चिफ कन्फरेन्स र ४७ औं इण्डो प्यासिफिक आर्मीज म्यानेजमेन्टमा सहभागी हुन नयाँ दिल्ली जानुभएको छ । उहाँ आज बिहान सवा १० बजे एअर इण्डियाको उडान नम्बर एआई २१४ मा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
सेनापति शर्माले नवौं सिनियर एनलिस्टेड लिडर्स फोरममा पनि सहभागिता जनाउनुहुने छ । कार्यक्रम भोलिदेखि बुधबारसम्म हुँदैछ । उहाँसँग श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष पनि नयाँ दिल्ली गएकी छन् ।
काँग्रेस नेतृ तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा पनि सोही उडानमा नयाँ दिल्ली छोरा जयवीर सिंह देउवालाई लिएर गएको बताइएको छ ।
टिप्पणीहरू