भैंसेपाटी बस्ने सर्वसाधारण ठग्ने बैतडीका रमेश कीर्तिपुरमा भेटिए

भैंसेपाटी बस्ने सर्वसाधारण ठग्ने बैतडीका रमेश कीर्तिपुरमा भेटिए

वैदेशिक रोजगारीमा माल्टा पठाउने विश्वास दिलाएर रकम असुल्दै आएका एक जना दलाल प्रहरीको फन्दामा परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ठगीको आरोपमा उनलाई आज पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका घर भएका र हाल ललितपुरको भैंसेपाटी बस्ने ३५ वर्षीय रमेश बडु हुन् । कुम्भराज जोशीसमेत पाँच जनालाई माल्टा पठाइदिने वाचा गरी रकम हात पारेपछि उनी बेपत्ता भएका थिए । 

प्रहरीका अनुसार माल्टामा आकर्षक जागिर पाइने आश्वासनमा रमेशले प्रतिव्यक्ति साढे ७ लाखको हिसाब देखाएर पीडितसँग किस्ताबन्दीमा १३ लाख १५ हजार उठाएका थिए । पैसा लिएपछि काम गर्न नसकेका उनी त्यसपछि फरार भएको प्रहरीको भनाई छ । 

आफू ठगिएको थाहा पाएपछि पीडितले उनलाई पक्राउ गरिदिन आग्रह गर्दै वैदेशिक रोजगार विभागमा उजुर गरेकोमा त्यसैका आधारमा प्रहरीले आज कीर्तिपुरबाट पक्रेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरेर आवश्यक कारवाहीको निम्ति प्रहरीले रमेशलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ ।

टिप्पणीहरू