प्रधानमन्त्री बिहानैदेखि बेइजिङको उच्चस्तरीय भेटघाटमा व्यस्त

फोटो र भिडियो : प्रदिपराज वन्त ।

चीनको साताव्यापी भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही बेरअघि चिनियाँ राष्ट्रिय जनकँग्रेसको स्थायी समिति अध्यक्ष चाओ लेचीसँग भेटवार्ता गर्नुभएको छ ।

यसपछि प्रधानमन्त्री र चिनियाँ समकक्षी लि छियाङबीच तिआनमेन स्क्वायर नजिकै पिपुल्स कँग्रेस भवनमा भेटवार्ता कार्यक्रम राखिएको छ । वार्ताअघि प्रधानमन्त्रीलाई गार्ड अफ अनर दिइने छ । द्विपक्षीय वार्ता र सम्झौतामा हस्ताक्षर पनि सोही क्रममा हुने जनाइएको छ ।

चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री दाहाल र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्दै हुनुहुन्छ ।

 

टिप्पणीहरू