युवा संघका नेताविरुध्द ज्यान केसमा पुर्जी जारी

युवा संघका नेताविरुध्द ज्यान केसमा पुर्जी जारी

नेकपा एमालेको युवा संगठन युवा संघ सुदूर पश्चिम प्रदेश कमिटीका नवनिर्वाचित सचिव प्रकाश खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

कैलालीको टीकापुर घर भएका खड्कामाथि व्यक्तिहत्याको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । टिकापुर प्रहरी स्रोतका अनुसार काठमाडौंको महाराजगन्ज प्रहरी वृत्तबाट पक्राउ पुर्जी जारी भएकोले खड्कालाई समात्न भन्दै स्थानीय प्रहरीले पत्र पाइसकेको छ ।

राष्ट्रिय युवासंघ सुदूरपश्चिमका नवनिर्वाचित सचिव खड्का विगतमा पनि पटक-पटक काण्डमा मुछिएका पात्र हुन् । पहिले नेत्रविक्रम चन्द विप्लवको नाममा चन्दा आतंक मच्चाएका उनी २०७७ सालमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए । त्यसबेला उनीसहित सात जनालाई नगदसहित प्रहरीले सार्वजनिक गरेको थियो ।

पछिल्ला दिनमा टिकापुरबाट गोरू र राँगा सीमा कटाउने तस्करहरूको नेतृत्व खड्काले नै गरिरहेको धेरैको दावी छ । तस्करहरूबीच आपसी विवादमा उनीमाथि टिकापुर क्षेत्रमै दुई पटक सांघातिक आक्रमण भैसकेको छ ।

टिप्पणीहरू