बझाङमा आमाले देखेकी थिइन् छोरी बलात्कृत भएको, बालुवाटारतिर लुकेका थिए बालक

बझाङमा आमाले देखेकी थिइन् छोरी बलात्कृत भएको, बालुवाटारतिर लुकेका थिए बालक

-टेकसिंह धामी

बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् ।

हिंडडुल गर्न नसक्ने २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरतबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा आइतबार ती बालकलाई समातिएको हो ।

प्रहरीका अनुसार ती महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरी नाबालक फरार भएका थिए । करणी गरी फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार बीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले आइतबार साँझ ६ः३० बजे बालुवाटार क्षेत्रको एक पुरानो घरमा लुकेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ । एक्लै भएको मौका छोपी बलात्कार गर्न पसेका बालकलाई पीडित बलात्कृत युवतीकी आमाले देखेपछि फरार भएका थिए । युवतीकी आमाले आफ्नै छोरी बलात्कृत भैरहेको देखेको बुझिएको छ ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ ।
 

टिप्पणीहरू