ताल्चा लगाउँदै अखिल क्रान्तिकारीले भन्यो : महँगा स्कुलमा विनोद चौधरी र आरजू राणाको लगानी छ

ताल्चा लगाउँदै अखिल क्रान्तिकारीले भन्यो : महँगा स्कुलमा विनोद चौधरी र आरजू राणाको लगानी छ

ललितपुरको खुमलटारमा रहेको निकै महँगो स्कुल युलेन्स लगायतमा अखिल क्रान्तिकारीले ताल्चा लगाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले सांसदद्वय विनोद चौधरी र डा. आरजू राणाको लगानी रहेका स्कुलमा तालाबन्दी गरिएको जानकारी दिएको छ ।

सरकारले निजी शैक्षिक संस्थाका मालिकहरुको दबाब, प्रभाव र चाहनामा शिक्षामा निजीकरण र व्यापारीकरणलाई कायम राखि संसदमा दतौ गरिएको प्रस्तावित शिक्षा विधेयकप्रति क्रान्तिकारीले घोर आपत्ति जनाउँदै ताल्चा लगाएको दाबी गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तावित विधेयकमा व्यवस्था गरिएको प्रावधानहरु राज्यले आफैँले बनाएको संविधान विपरीत त छ नै सरकार माफियाहरुबाट सञ्चालित छ भन्ने कुराको र सरकारले शिक्षामा निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिरहेको पुष्टि भएको छ ।’ अगाडि लेखिएको छ, ‘विडम्बनाको कुरा त के छ भने निजी शिक्षामा मन्त्री सांसद, उच्च पदस्थ कर्मचारी र शिक्षामन्त्री स्वयम्कै लगानी छ ।’

टिप्पणीहरू