वसन्तपुरमा सामूहिक कुमारी पूजा (फोटो फिचर)

वसन्तपुरमा सामूहिक कुमारी पूजा (फोटो फिचर)

काठमाडौंको वसन्तपुरमा मनाइने ईन्द्रजात्राको दोस्रो दिन आज जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ । वसन्तपुर दरबार क्षेत्रमा पाँच सय चार जना कुमारीको सामूहिक पूजा गरिएको हो । 

ईन्द्रजात्राको लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्ने प्रचलन छ । तलेजु भवानी मन्दिर अगाडि मासिक धर्म (रजश्वला) शुरु नभएका बालिकाहरुलाई वैदिक परम्पराअनुसार सामूहिक रुपमा पूजा गरिन्छ ।

यसरी पूजा गर्नाले सुःख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । नेवारी समुदायमा ईही ‘बेल विवाह’ नगरेको दुईदेखि आठ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीको रुपमा पूजा गर्ने चलन छ ।

टिप्पणीहरू