कुखुरा फर्ममा जुवा खेल्नेहरु पुलिसको कब्जामा

कुखुरा फर्ममा जुवा खेल्नेहरु पुलिसको कब्जामा

कैलालीमा दश जना जुवाडे खालबाटै समातिएका छन् । जोशीपुर गाउँपालिका-५ बनकट्टाका ३२ वर्षीय प्रवेश चौधरीको कुखुरा फर्मममा जुवा खेलिरहेको अवस्थामा उनीसहित दश जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

विशेष सुराकीका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीले उनीहरुको साथबाट एक लाख १३ हजार नगद र ४ तासबुक बरामद गरेको छ ।
 

टिप्पणीहरू