प्रधानमन्त्री मानसरोबरबाट छन्तु जाँदै, भोलि स्वदेश फर्कने

प्रधानमन्त्री मानसरोबरबाट छन्तु जाँदै, भोलि स्वदेश फर्कने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको भ्रमण पूरा गरेर भोलि स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ चीनको सिचुुआन प्रान्तको राजधानी छन्तुबाट भोलि बिहान काठमाडौं बिहान आउने तालिका छ ।

चीनको औपचारिक भ्रमणको क्रममा उहाँ आज बिहान मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा हुँदै छन्तु जाानुभएको हो ।

दिउँसो ३ बजे छन्तुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने, साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने बताइएको छ । 

प्रधानमन्त्रीको सम्मानमा आजै साँझ सचिव सियाओले रात्रिभोजको आयोजना गर्नुहुने छ ।
 

टिप्पणीहरू