मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालयका नायब सुब्वा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई डेढ लाख घुससहित आज समातेको हो । जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको इटहरीबाट खटिएको टोलीले उनीहरुलाई इनरुवा नगरपालिका-३, मालपोत चोकबाट नियन्त्रणमा लिएको बताइएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
 

टिप्पणीहरू